
जिनान । सोमबार बिहानैदेखि सुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।
सोमबार एक्कासि जिनानमा हिउँपात र हावाहुरी सुरु भई बिहान ३ बजेदेखि १० बजेसम्म सात मिलिमिटर हिमपात भएको थियो । हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ ।
जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ । मंगलबार विद्यार्थीलाई सुरक्षित पठनपाठनका लागि शिक्षकलाई तालिम दिँदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन् । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच