काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (बिहीबार)देखि महानगरभित्र सुर्तीजन्य वस्तु बिक्री र प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । महानगरको निर्देशनविपरीत सुर्तीजन्य पदार्थ बिक्री गरेमा पहिलो र दोस्रोपटक जफत गर्ने र तेस्रोपटक पनि फेला परे पसल नै सिल गर्ने चेतावनी दिएको छ । ‘हामीले यो अभियानलाई सार्थकता दिन नगर प्रहरी परिचालन गर्नेछौँ । महानगरभित्रका पसलमा त्यस्ता सामग्री देखे पहिलो दिन नगर प्रहरीले प्रश्न गर्दैन सामान बोकेर हिँड्नेछ । दोस्रो दिन पनि सामान देखे जफत गर्नेछ । तेस्रो दिन पनि बेचबिखन गरे पसल सिल गर्नेछ,’ महानगरअन्तर्गत स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भन्नुभयो, ‘२९औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पु¥याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय भएको हो ।’
कहाँ के बेच्न र प्रयोग गर्न पाइँदैन ?
महानगर क्षेत्रभित्र कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ बिक्री, वितरण, भण्डारण र प्रयोग गर्न पाइने छैन । त्यसमा सुर्ती, खैनी, बिँडी, तम्बाखु, गुट्खा, पानपरागलगायत समेटिएको छ । साथै सार्वजनिक स्थलको एकसय मिटर वरपर यस्ता पदार्थ प्रयोग गर्नसमेत पाइने छैन । मठ मन्दिर, विद्यालय क्षेत्र लगायतका सार्वजनिकस्थलको एकसय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र भण्डारणसमेत गर्न पाइने छैन । यस्ता क्षेत्रमा खुला रूपमा (खिल्लीमा) चुरोट बिक्री वितरण र प्रयोग गर्न पाइने छैन । ‘महानगर क्षेत्रभित्र कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ बिक्री वितरण भण्डारण गर्न पाइएन र चुरोटको हकमा कहीँ कतै पनि खुला बिक्री गर्न नपाइने नियम बनाइएको हो,’ महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भन्नुभयो ।
निगरानी गर्न सादा पोसाकमा समेत प्रहरी खटिने
सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा नियमन गर्न महानगरले नगर प्रहरीलाई ३२ वटै वडामा खटाउने भएको छ । आजदेखि नै महानगरका चारवटा दिशामा १०–१० जनाका दरले नगर प्रहरी खटाइने महानगर प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । नियमविपरीत बिक्री वितरण भएको पाइए, पसल र गोदाम र भण्डारण गरिएका स्थानमा समेत छापा मारी कारबाही गरिने उहाँको भनाइ छ । सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ मा उल्लेख भएबमोजिम स्थानीय सरकारको ऐनले प्रतिबन्ध लगाउन सक्ने व्यवस्थालाई टेकेर यस्तो निर्णय गरिएको महानगरले जनाएको छ ।
सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ मा सार्वजनिक स्थलमा धुम्रपान वा सुर्तीजन्य पदार्थको प्रयोग गरेमा त्यस्ता व्यक्तिलाई सो स्थानबाट निकाल्ने, एकसय रुपैयाँ जरिवाना गर्ने वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । त्यस्तै, धुम्रपान वा सुर्तीजन्य पदार्थको प्रयोग गरेमा त्यस्ता व्यक्ति सार्वजनिकस्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा उसलाई विभागीय कारबाहीसमेत हुने व्यवस्था छ । नियमविपरीत सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगसम्बन्धी कार्य गरेको पाइएमा तत्काल महानगरको हटलाइन नम्बर १८१०५०००६० वा ०१५९०१७६३, ०१५९०१७६४ मा सूचना उपलब्ध गराउन पनि महानगरले अनुरोध गरेको छ ।
विभागले १५ दिन दिएर १२ मंसिरमा सार्वजनिक सूचना जारी गर्दै सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पर्दाको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने बताएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच