नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा सञ्चालित तेस्रो सुनवल महोत्सवले दर्शकको राम्रो साथ पाएको छ । खासगरी साँझको समयमा महोत्सवमा दर्शकको घुइँचो लाग्ने गरेको आयोजक उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।
आर्थिक अवस्था चलायमान गराउने प्रमुख उद्देश्यले विगतको मेला महोत्सवबाट पाठ सिक्दै सुनवलका स्थानीयको साथ र सहयोगबाट महोत्सव सञ्चालन गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समारोह समिति संयोजक रमेश कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलेका मेलाबाट हामीले राम्रो पाठ सिकेका छौँ । हाम्रो अहिलेको मेलालाई दर्शकले पनि बुझ्नुभएको छ ।’
हालसम्म महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको र व्यापारसमेत सोचेभन्दा राम्रो भइरहेको संघका वरिष्ठ उपाध्यक्ष तथा आर्थिक समिति संयोजक लेखनाथ खरेलले बताउनुभयो । बच्चादेखि वृद्धसम्म सबैले रुचाउने र सबै उमेर समूहलाई मध्यनजर गर्दै स्थानीयदेखि राष्ट्रियस्तरका चर्चित कलाकारको प्रस्तुति महोत्सव अवधिभर रहने संघका सदस्य तथा सांस्कृतिक संयोजक रमेश पराजुलीले बताउनुभयो ।
महोत्सवमा करिब एक सय ५० स्टल रहेका छन् भने स्टल व्यवस्थित र फरक तथा आधुनिक तरिकाले व्यवस्थापन भएका कारण अझै पनि विभिन्न ठाउँबाट स्टल माग भइरहेको संघका सदस्य तथा स्टल व्यवस्थापन समिति संयोजक कृष्ण गौडेलको भनाइ छ । त्यस्तै महोत्सवको आकर्षणका रूपमा विभिन्न जातजातिका परम्परागत घर तथा परिकार रहेका छ्न् । मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पुस ४ गतेसम्म सञ्चालन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच