कोलम्बो । श्रीलंकाको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशंकामा दुई हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागूऔषध पनि बरामद गरिएको छ ।
त्यसैगरी थप अनुसन्धानका लागि १२ सन्दिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ । श्रीलंकाको प्रहरीले आइतबारदेखि विशेष अभियान सुरु गरेको छ । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच