काठमाडौं । २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरिएको छ । आबाल ब्रहृमचारी षडानन्दको १८९औं जयन्ती एवं १६औं वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित पुरस्कार प्रदान समारोहमा संस्कृतिविद् डा.जगमान गुरुङले एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार उपाध्याय भट्टलाई प्रदान गर्नुभएको हो ।
समारोहमा षडानन्द क्षेत्रीय पुरस्कार वरिष्ठ साहित्यकार एवं आख्यानकार परशु प्रधानलाई प्रदान गरिएको थियो । उहाँलाई ५१ हजार रुपैयाँ नगदसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष प्रा.चेतोनाथ गौतमको सभापतित्वमा आयोजित कार्यक्रमका बालागुरुको तस्वीरमा अबिर, माला तथा पुष्पगुच्छा अर्पणसहित दीप प्रज्ज्वलन गरी विधिवत् शुभारम्भ गरिएको थियो । समारोहमा प्रतिष्ठानका सचिव प्रा.डा.बद्री विशाल भट्टराईले स्वागत मन्तव्य र रामप्रसाद राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन प्रतिष्ठानका सहसचिव डा.निर्मला पोखरेलले गर्नुभएको थियो ।
प्रतिष्ठानले नेपालको शिक्षा, संस्कृति, अध्यात्म समाज सुधार, जैविक विविधता र पर्यावरण संरक्षण, भाषा तथा लोकसंस्कृतिलगायत क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । गत वर्ष सो राष्ट्रिय पुरस्कार पर्यावरणविद् प्राज्ञ डा.तीर्थबहादुर श्रेष्ठलाई र क्षेत्रीय पुरस्कार शिक्षासेवी तथा साहित्यकार दुर्गाप्रसाद अधिकारीलाई प्रदान गरिएको थियो ।
यसैबीच षडानन्द माविको आयोजना र षडानन्द-सीताराम शैक्षिक गुठी तथा षडानन्द नगरपालिका दिङ्ला, भोजपुरमा विभिन्न कार्यक्रका साथ षडानन्द अधिकारीको १८९औं जन्मजयन्ती विविध कार्यक्रमबीच मनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच