‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को अडिशन सके लगतै ट्यालेन्ट राउन्ड हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन सके लगतै ट्यालेन्ट राउन्ड हुने भएको छ ।

मिस एण्ड मिसेस युनिभर्सलमा गरि २०/२० जनाको पार्टिसिफेन्ट रहेको यस सिजन २ को भाद्र ३० गते ट्यालेन्ट राउन्ड नक्सालमा अवस्थित होटल हुकुम दरबारमा हुने भएको छ । यस राउन्डमा पाँच जना निर्णायक रहनेछन् ।

मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहने यस सिजन २ को अडिसन गत श्रावण २० गते नयाँ बानेस्वर स्थित रोयल एलिनाजमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रमहरू, खेलकुद कार्यक्रम, सामाजिक परियोजनाहरू र अन्य धेरै कार्यक्रमहरू आयोजना गरी देशको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्पार्कल इन्टरटेनमेन्टको स्थापना भएको आयोजक टिमले बताएका छन् ।

विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्यले तयार गरिएको यस प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा रहेको छ । अहिले जमल नाचघरमा कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रीत रहेर प्रतियोगीहरुको लिडरसिप, सेल्फ डिफेन्स लगायतको प्रशिक्षण भइरहेको जानकारी सीइओ नितु श्रेष्ठले दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?