काठमाडौं । पुस १० गतेदेखि चितवनमा पर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने भएको छ । आयोजकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो ।
चितवनको सौराहमा आन्तरिक तथा बाहृय पर्यटक प्रवद्र्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन ससंलि र रेष्टुरेण्ट एण्ड बार एसोसिएसनको सह-आयोजनामा महोत्सव हुने आयोजकले जनाएको छ । महोत्सव पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।
होटल एसोसिएसन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोरोना महामारीबाट रोकिन गएको महोत्सव फेरि सुरु गरिएको बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट पर्यटक आकर्षित गर्दै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्यस्थलका रूपमा चिनाउनु महोत्सवको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच