काठमाडौं । आइतबार(आज) हुने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड(नेफस्कुन) निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । नेफस्कुनको आगामी नेतृत्वका लागि एमाले र गठबन्धन दल निकटका उम्मेदवारले छुट्टाछुट्टै प्यानल घोषणा गरेका हुन् । अध्यक्षमा एमाले निकटका परितोष पौड्याल र गठबन्धन निकटका चन्द्रप्रसाद ढकालबीच प्रतिस्पर्धा हुँदैछ । पौडेल समूहको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी, कोषाध्यक्षमा जीवसराज खड्का रहेका छन् । सञ्चालकमा कोशी प्रदेशबाट लक्ष्मी सापकोटा, मधेश प्रदेशबाट शोभाकुमारी राउत, बागमती प्रदेशबाट खेमराज सुवेदी, गण्डकी प्रदेशबाट गोपालप्रसाद गौतम, लुम्बिनी प्रदेशबाट ज्ञानु पौड्याल, कर्णाली प्रदेशबाट महेन्द्रप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशबाट दिप्ती शाही रहेका छन् ।
आगामी नेतृत्वका लागि एमाले र गठबन्धन दल निकटका उम्मेदवारले छुट्टाछुट्टै प्यानल घोषणा गरेका हुन् । अध्यक्षमा एमाले निकटका परितोष पौड्याल र गठबन्धन निकटका चन्द्रप्रसाद ढकालबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै खुुला सञ्चालकमा हरेराम प्रसाद, सुशीलकुमार बस्न्यात, नानीकाजी शाक्य, शालिकराम ढकाल, महिला खुला सञ्चालकमा मन्दरा मिश्र, कमलादेवी गिरी, सीता ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा माधव जोशी, सदस्यमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल रहेका छन् ।
गठबन्धन निकट ढकाल प्यानलबाट भने वरिष्ठ उपाध्यक्षमा देवकी नेपाल, उपाध्यक्षमा गोमा नेपाल, महासचिवमा सन्दीप सापकोटा र कोषाध्यक्षमा दीपक थापा रहेका छन् । सञ्चालकमा कोशी प्रदेशबाट ताराप्रसाद भट्टराई, मधेश प्रदेशबाट गंगाकुमारी, बागमती प्रदेशबाट शम्भु घिमिरे, गण्डकी प्रदेशबाट शिव अधिकारी, लुम्बिनी प्रदेशबाट नवराज न्यौपाने, कर्णाली प्रदेशबाट वीरबहादुर र सुदूरपश्चिम प्रदेशबाट ईश्वरी जोशी रहेका छन् ।
खुला सञ्चालकमा योगेश ढकाल, नवराज अर्याल, देवबहादुर श्रेष्ठ र रामशरण घिमिरे रहेका छन् भने महिला खुला सञ्चालकमा राधा कडरिया, विद्या कोइराला, अमरावती महर्जन, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रज्योति पौडेल, सदस्यमा पवित्राकुमारी दाहाल र सतेन्द्र ठाकुर रहेका छन् । ढकाल वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुनुुहुन्छ भने पौडेल अध्यक्ष हुनुहुन्छ ।
नेफस्कुनको ३२औँ वार्षिक साधारणसभा भने शनिबारदेखि नै सुरु भएको छ । नेफस्कुनले उम्मेदवारका लागि सहकारी ऐन, नेफस्कुनको विनियम, नीति, कार्यविधिमा टेकेर १२ बुँदे योग्यता सार्वजनिक गरेको थियो । सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा उम्मेदवारी दिन संस्थालाई तिर्न, बुझाउनुपर्ने बेरुजु वा भाखा नाघेको कर्जा वा कुनै बक्यौता नरहेको, प्रारम्भिक संस्थामा कम्तीमा एक कार्यकाल पदाधिकारी भई काम गरेको, सञ्चालक समिति अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षणको समिति संयोजकका लागि नेफस्कुन सञ्चालक समिति वा लेखा सुपरीवेक्षण समितिमा रही कम्तीमा एक कार्यकाल सेवा गरेको हुनुपर्नेछ ।
त्यस्तै अन्य कुनै पनि सहकारी संस्थाको सञ्चालक नभएको, कालोसूचीमा नपरेको वा कालोसूचीमा परेको भए उक्त सूचीबाट हटी सफाई पाएको कम्तीमा तीन महिना पूरा भएको, सहकारीबाट लिएको ऋणको भाखा ननाघेको, संघलाई तिर्न, बुझाउनुपर्ने बेरुजु वा भाखा नाघेको कर्जा वा बक्यौता रकम नरहेको, लेखा सुपरीवेक्षण समितिको संयोजक तथा सदस्य पदको उम्मेदवार हुन प्रतिनिधित्व गरेको संस्थाले संघको सदस्यता लिएको कम्तीमा तीन वर्ष पूरा भएको हुनुपर्ने रहेको छ ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजक तथा सदस्य पदको उम्मेदवार हुन संघ वा अन्य निकायतर्फबाट आयोजना गरिने लेखापालन वा लेखापरीक्षणसँग सम्बन्धित तालिमसमेत लिएको हुनुपर्नेछ ।
सञ्चालक समिति अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सदस्यहरू एवं लेखा सुपरीवेक्षण समिति संयोजकलगायत सदस्यहरू सोही पदमा लगातार दुर्ई कार्यकाल पूरा गरिसकेपछि क्रम नटुटाई तेस्रो पटकका लागि सोही पदमा उम्मेदवारी दिन तथा निर्वाचित भई पदमा रहन नपाइने व्यवस्था रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच