रुपन्देहीमा बालिकाको हत्या

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका-१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी-१ इस्लामपुरमा आज फेला परेको हो ।

कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?