
काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘न्यु इयर फिस्ट’ अफर लिएर आएको छ । अफरअन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टको पूरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै ग्राहकले हरेक दिन फरक-फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् । उक्त भौचर कोड फुडमाण्डुको एप र फुडमाण्डुको फेसबुक पेजमार्फत् प्राप्त गर्न सकिनेछ । फुडमाण्डुका ब्राण्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भन्नुभयो, ‘हाम्रा ग्राहकलाई ध्यानमा राख्दै अंग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक अफर ल्याएका छौँ । हामीलाई आशा छ, हाम्रा ग्राहकले अफरको भरपुर फाइदा लिनुहुनेछ र आफ्नो नयाँ वर्ष विशेषरूपले मनाउनुहुनेछ ।’ माघ १७ गतेसम्म लागू हुने अफरबाट लाभ लिन फुडमाण्डुुको वेबसाइट वा फुडमाण्डुको एपमार्फत् फुड अर्डर गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच