बालकुमारी घटना : सुर्खेतमा ‘युवा विद्रोह’ समितिले गर्‍याे एक घण्टा चक्काजाम

नन्दराम जैशी
Read Time = 2 mins

सुर्खेत । काठमाडौंको बालकुमारीमा भएको घटनाको विरोध गर्दै सुर्खेतमा ‘युवा विद्रोह’ जनसंघर्ष समितिले एक घण्टा चक्काजाम गरेको छ ।

समितिले सुर्खेतको वीरेन्द्रनगर बजारको यरीचाेकबाट र्‍यालीसहित मंगलगढी पुगेर एक घण्टा चक्काजाम गरेको हो ।

शनिबारदेखि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’ले प्रदर्शन गरिरहेका छन् । ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रर्दशन गर्दै आएका हुन् ।

शनिबार सडकमा उत्रिएर यहाँका स्थानीहरुले प्रदर्शन थालेका हुन् । उनीहरुले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरु राख्दै प्रदर्शन गरिरहेका छन् ।

सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । उनिहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगाएतका माग राखेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?