काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बुधबार अमेरिकी डलरको भाउ बढेको छ । बुधबार एकको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो घटेको छ । आज युरो एकको खरिदमा १४६ रूपैयाँ ३ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६९ पैसा तोकिएको छ।
उता, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसा तोकिएको छ ।
बुधबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ५६ पैसा कायम हुदाँ बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४४ पैसामा कारोबार हुनेछ ।
कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम हुदाँ राष्ट्र बैंकले आज एक साउदी अरेबियन रियालको खरिदमूल्य ३५ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा र मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ९० पैसा र बिक्रीदर २९ रूपैयाँ ३ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।
विदेशी मुद्राको विनिमय दर
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच