सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको बरहथवा बजार क्षेत्र तनावग्रसत बनेको छ ।

बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका कारण स्थिति तनावग्रस्त बनेको हाे ।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको जानकारी दिनुभयाे ।

व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि प्रदर्शन रोकिएको छैन ।

बरहथवा नगरपालिकाको नगर कार्यपालिका बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । अहिले सो निर्णयबाट नगरप्रमुखसहित बहुमत सदस्य पछि हटेका छन् । कांग्रेसका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा छन् ।

साे विषयमा छलफल गर्न आज बिहान सर्वदलिय बैठक बोलाइएकोमा नगरपालिकाले सूचना निकालेर बैठक स्थगित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?