बझाङमा आलु उत्पादन वृद्धि हुँदै

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 4 mins

बझाङ । बझाङमा आलु उत्पादन वृद्धि हुँदै गएको छ । पूर्ण रूपमा खाद्यान्न तथा तरकारी आयात गरिरहेको बझाङले अहिले आलु, बन्दा, काउलीलगायतका तरकारी भित्र्याउन बन्द गरेको छ । चैनपुर आसपास, झोता, सुर्मा, छविसपाथिभेरा, वित्थडलगायतका क्षेत्रका किसानसँग कृषि ज्ञान केन्द्रले सहकार्य गरेरआयातमुखी तरकारीलाई विस्थापन गरिएको हो ।

साथै, बझाङबाट अहिले अन्य जिल्लामा तरकारी निर्यात गर्न समेत सुरुभएको छ । बझाङको कृषि प्रणालीमा खोज अनुसन्धान र नयाँ प्रयोग गर्दै उत्पादकत्व वृद्धि गर्न कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले निकै पहल चालेको जिल्लाका किसानहरुको भनाई छ । कार्यलय प्रमुख विष्टले अहिले जिल्लामै उत्पादन भएको रातो आलुलगाएतका तरकारीहरु बजारमा बिक्रि भइरहेको बताउनुभयो । पहिले पहिले बझाङमा फलेको आलु र भारतलगायत अन्य ठाउँबाट आएको आलुको तुलना गर्दा यहाँको आलुमा दाग देखिने तथा हेर्दा सफा नदेखिने गरेपछि ग्राहकको मन जित्न नसकिएको उहाँको भनाई छ ।

बझाङमा रोपिने आलुको बिउँ सयौँ वर्ष पुरानो रहेकाले आलुको जातीय गुण ह्रास भएको भेटिएको कृषि ज्ञान केन्द्रको दावी छ । यस वर्ष भने कृषि ज्ञान केन्द्रले बझाङका गाउँबस्तिमा सुधारिएको आलुको बिउँ प्रयोग गर्ने योजना बनाएको छ । जसका लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन र राष्ट्रिय आलु खुमलटारको सहजिकरणमा जगदम्बा कोल्ड स्टोर काभ्रेबाट विभिन्न जातका ३० क्विटल श्रोत बीउँ बझाङमाभित्र्याइएको छ । सुधारिएको आलुको बिउँबझाङको माटोमा फस्टाउने कृषि ज्ञान केन्द्रको अपेक्षा छ ।

आलुबाली कृषक पाठशाला सञ्चालन

कृषि ज्ञान केन्द्र बझाङले जयपृथ्बी नगरपालिकामा आलुबाली कृषक पाठशाला संचालनमा ल्याएको छ । आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा जयपृथ्बी नगरपालिका वडा नंम्बर ११ साइला बगरमा डाडाँबाग आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको हो ।

पाठशालामा आलुको अनुसन्धान, रोग किराको व्यवस्थापन र कम्पोस्ट मल बनाउने तरिका खेतबारीमै सिकाउने गरिएको छ । किसानले आलु खेती गरेपछि अपेक्षाअनुसार उत्पादन गर्न नसकेकोले साइला बगरका किसानहरुलाई पाठशाला सुरु गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताउनु भयो ।

आधुनिक खेती प्रणाली अपनाएर आलु लगाएको खण्डमा मनग्गे आम्दानीगर्न सकिने अपेक्षा त्यहाँका किसानहरु उत्साहित भएका छन् । साइलाबगर गाउमा ७ जना पुरुष र १८ जना महिला मिलेर डाँडाबाग कृषक पाठशाला गठन गरेर समुहलाई कृषि ज्ञानकेन्द्रले किसानलाई आलु खेतीको महत्व र आवश्यकताका विषयमा कक्षा सञ्चालन गरेको साइला बगरकि स्थानिय सिर्जना खड्काले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?