काठमाडौं । लैनचौर तेक्वान्दो डोजाङले प्रथम एसकेबिसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । एसकेबिसी तेक्वान्दो डोजाङ र श्री चन्द्रबिन्दु इन्टरनेसनल स्कुल (स्किब्स) ले संयुक्तरूपमा आयोजना गरेको प्रतियोगितामा लैनचौर नौ स्वर्ण, सात रजत र तीन कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।
दोस्रो भएको द नेक्स्ट लेभल तेक्वान्दोले पाँच स्वर्ण, चार रजत र एक कांस्य हात पार्यो । तीन स्वर्ण, दुई रजत र एक कांस्य जितेको तुखियाँ तेक्वान्दो डोजाङले तेस्रो स्थानमा चित्त बुझायो । टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा भएको प्रतियोगिताको पुरुषमा एसकेबिसीका सोहन तामाङ र महिलामा ढल्को तेक्वान्दो डोजाङकी यान्चेन लामा उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
विजेतालाई टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका शिक्षा शाखा अधिकृत खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा करिब पाँच सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच