
काठमाडौं । चलचित्र ‘खुस्मा’को शुभमूहर्त गरिएको छ । माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा यो चलचित्रको शुभमुहूर्त गरिएको हो । अशोक थापामगरको निर्देशनमा बन्न लागेको यो चलचित्रमा अभिनेता धीरज मगर र अभिनेत्री उपासनासिंह ठकुरी जोडी बाँधिन लागेको छ ।
बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी चलचित्रको निर्मातामा हुनुहुन्छ । दीपक बज्राचार्यले छायांकनको जिम्मेवारी पाएको चलचित्र अस्तित्व भट्टचन, खड्कबहादुर पुन (खबपु) र अरुण मगरको पनि अभिनय रहनेछ ।
चलचित्रको छायांकन यही माघ ५ गतेदेखि रुकुमको मैकोट, बागलुङको ढोरपाटन, पोखरा र काठमाडौंमा गरिने निर्माणपक्षले जनाएको छ । एम मिडियाको व्यानरमा निर्माण हुने चलचित्रलाई काफिया फिल्मस्ले देशभर वितरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच