काठमाडौं । उद्योग संगठन मोरङले जिल्ला÷नगर उद्योग वाणिज्य संघका साथ आपसी सम्बन्ध विस्तार र द्विपक्षीय व्यावसायिक विकासको नयाँ सम्भावना पहिल्याउने उद्देश्यका साथ पुस २७ र २८ गते दुर्ईदिने चेम्बर भ्रमण तथा बिटुबी बैठक सम्पन्न गरेको छ ।
भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमी र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता थियो । आर्थिक एवं औद्योगिक क्रियाकलाप सुस्ताएको अवस्थामा उद्योग व्यवसायका साझा समस्या पहिचान गरी समाधानका लागि सामूहिक पहलका साथै व्यावसायिक अन्तरसम्बन्धको विकासका लागि बिटुबी बैठक आयोजना गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताउनुभयो ।
सुन्दरहरैंचा, इटहरी, धरान र संखुवासभा उद्योग वाणिज्य संघका प्रतिनिधिका साथ भएको बेग्लाबेग्लै अन्तरक्रियामा व्यवसायीले उधारो कारोबारले व्यवसायमा नकारात्मक प्रभाव पारेको भन्दै समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
भ्रमण प्रतिनिधिमण्डलमा संगठनका अध्यक्ष सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन कावरा, कोषाध्यक्ष सुबोध कोइराला, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, राजन खत्री, प्रतिभा रिजाल ओली, जयन्द्र शर्मा, सन्तोष भगत, सिद्धार्थ कावरा, सिर्जन प्याकुरेल, दिपक अग्रवाल, वीरेन्द्र राठी, महिला उद्यमी सोमी भगत चौलागाईं, सावित्रा ढकाल, प्रतिभा पौडेल निरौला, युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रञ्जित भगत र रविन कट्टेलको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच