काठमाडौं । शाओमीले नेपालमा रेड्मी १३ सी लन्च गरेको छ । मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरसहित उपलब्ध नयाँ रेड्मी १३ सीले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसाथ ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । शाओमीले रेड्मी १२ सीको सफलताका रूपमा आफ्नो नयाँ इन्ट्री-लेभल स्मार्टफोन रेड्मी १३ सी लिएर आएको कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘रेड्मी १३ सीको स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्याण्डर्ड तय गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृष्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई हामीले रेड्मी १३ सीमा पनि कायम राखेका छौँ ।’
रेड्मी १३ सी १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित छ, जसले स्मुथ पर्फर्मेन्स सुनिश्चित गर्छ । रेड्मी १३ सी छ जिबी प्लस १२८ जिबी र रेड्मी सी पहिलोपटक आठ जिबी प्लस २५६ जिबी भेरियन्टमा उपलब्छ छ । ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामेरा रहेको फोनमा एनएफसी कम्प्याटिबिलिटी, डुअल सिम र माइक्रोएसडी सपोर्ट तथा चार जी, तीन जी र दुई जी नेटवर्क उपलब्ध छ । रेड्मी १३ सी छ प्सस १२८ जिबी र आठ प्लस २५६ जिबीको स्टोरेजको मूल्य क्रमशः १५ हजार नौ सय ९९ र १८ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच