दक्षिण कोरियाको एक बजारमा आगलागी, २२७ पसल नष्ट

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । दक्षिणपश्चिमी दक्षिण कोरियाको एक समुन्द्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । राति करिव ११ बजेर ८ मिनेटमा भएको आगलागी राजधानी सियोलबाट लगभग १७० किलोमिटर दक्षिणमा पर्दछ ।

तिब्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमकललाई आगो निभाउन कठिन भएपछि करिव नौ घण्टापछि पूर्ण रूपमा निभाइएको थियो । बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन् ।

आगलागी हुँदा बजारमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन । घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?