प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । प्रताप दास र निता आचार्यको स्वरमा रहेको गीत ‘झिम झिम परेली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताउनु भयो । उहाँले गीत झिम झिम परेली सबैले रुचाउनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले विदेशमा रहेर पनि नेपाली कला,संगीत र नेपाली माटोलाई बिर्सन नसक्नु ठूलो खुबी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गीत गुन्गुनाउन सबैलाई मन पर्छ । गीत भनेको कला क्षेत्रको सर्वव्यापी माध्यम हो । त्यसमा पनि जुन किसिमको गीत सुन्न पाइयो धेरै मिठो छ । विदेशमा रहेर पनि नेपाली कला, नेपाली संगीत र नेपाल अनि नेपाली माटोलाई बिर्सन नसक्नु ठूलो खुबी हो ।’

गीतको निर्देशन केशवराज भट्टले गर्नुभएको हो भने संगीत शंकरा थापा र गीतका लेखक डिपि खनाल हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?