मह बेचेरै मनग्य आम्दानी

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 5 mins

मुगु । छायाँनाथ रारा नगरपालिका–७ पिना गाउका सार्की शाही आफ्नो घरमुनिको बारीमा,घरकाे छतमा र बनका ओडारमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ ।

उहाँले यो काम गर्न थाल्नुभएको १६ वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो, “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकाे छु । यस पेशामा उहाँकी श्रीमतीकाे भरपुर साथ र सहयोग पनि रहेको छ ।

अहिले शाहीकाे मौरी फार्ममा १ सय घार मध्ये ५० जति माैरी सहितका घार छन् । उहाँले बाख्रा पालन भन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको बताउनु भयो । कार्तिक र जेठ महिना गरी बर्षकाे २ पटक घारबाट मह निकाल्न मिल्छ शाही बताउनु हुन्छ बर्षमा २५० देखि ३ सय केजी मह उत्पादन हुँदै आएको छ । “परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम कतै नपाए पनि यस कर्ममा लाग्दा लाग्दै धेरै अनुभव बटुलेकाे शाही सुनाउनु हुन्छ ।

घरमा राेजगारी नभएर घर खर्च धान्न र बाल बच्चा पढाउन आर्थिक उपर्जनको कुनै बिकल्प नभए पछि आफु बाध्य भएर व्यावसायिक मौरीपालनमा लागेको थिए अहिले यसै पेसामा बानी समेत परि सके किसान शाही भन्छन् । " उत्पादन भएको मौरीकाे मह बिक्रीका लागि बजार धाउनु पर्दैन, नेपालकै ठुलाे राराताल घुम्नका लागि आउने पर्यटकहरू लगायत कर्मचारी र स्थानियहरू घरमै आएर खरिद गरेर लैजान्छन्”, किसान शाहीले भन्नुभयो, '६० बाख्रा समेत पालेको थिएँ, तर बाख्रा पाल्न अलि धेरै समय खर्च हुनुका साधै हिउँ, मेग नभनि जङ्गल धाउनु पर्दा दुख बढी हुने भएकाले केही समय अघि सबै बाख्रा बेचिसकेकाे शाही सुनाउनु हुन्छ । मौरीपालनमा चोखो आम्दानी छ, । बर्षकाे २ देखि ३ लाख मह बेचेर ३ वटा छाेरा नेपागन्ज पढाएकाे र जेठाे छाेरा लाेकसेवामा ३ पटक नाम निकाल्याे तर अन्तरर्वातामा सफल हुन सकेको छैन एकचाेट सफल होला शाहीकाे आश छ ।

६ जनाकाे परिवार रहेका कृषक शाहीको यत्राे बर्ष सम्म माैरी पालन ब्यबसायमा लागे तर कतै बाट सहयाेग नपाएकाे गुनासाे छ । "मलाई तालिमकाे जरूरत त छैन । आबश्यक आ‌ैजारकाे मात्र खाँचाे छ उहाँ भन्नूहुन्छ आधुनिक घारकाे लागि कतै बाट सहयाेग नजुटे पछि परम्परागतगत काठबाट बनेका घारमा माैरी पालन गर्नु मेराे बाध्यता छ । माैरी पालन ब्यबसायबाट उत्पादित मह प्रति माना रू १ हजार पाँच सयमा बिक्री हुँदा शाही दङ्ग हुनुहुन्छ । पछिल्लाे समयमा फलफुल तथा तरकारी कृषकहरूले खेतबारीका किटनाशक आ‌ैषधि प्रयाेग गर्दा माैरीहरू धमाधम मर्न थालेकाे शाही सुनाउनु हुन्छ । दैनिक रूपमा माैरी मर्दै जान थाले पछि यसलाई कसरी नियन्त्रण गर्ने हाेला शाही अन्याेलमा छन् । कतैबाट चाहिने आबश्यक आ‌‌ैजारहरूका साथै आर्थिक अनुदान मिलेकाे खण्डमा आफ्नो माैरी पालन ब्यबसायलाई अँझै ब्यबस्थित गर्दै लैजाने आफ्नाे याेजना भएकाे कृषक शाही सुनाउनु हुन्छ ।

हिमाली भेगमा पाईने माैरीकाे मह विभिन्न राेगकाे ओखती हुने र बजार पनि राम्रो भएकाले मौरी पालन ब्यबसायलाई ब्यबस्थित गरी उत्पादन बढाउन युवाहरूलाई यो ब्यबसाय तर्फ आकर्षित गर्न सकेकाे खण्डमा बेराेजगार युवाहरूलाई राेजगारीका अवसरहरू सृजना हुने र आर्थिक समृद्धि हुने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?