
काठमाडौं । गायिका मिरा राणालाई दीर्घसाधना सम्मान अर्पण गरिने भएको छ । विन्ध्यवासिनी फाउण्डेशनले आफ्नो दशौं वार्षिक भेला आयोजना गर्दै १४औं विन्ध्यवासिनी म्युजिक अवार्डको अवसरमा प्रतिष्ठित गायिका राणालाई दीर्घसाधना सम्मान अर्पण गर्ने निर्णय गरेको हो । उहाँलाई एक लाख रूपैयाँसहितको विन्ध्यवासिनी दीर्घसाधना सम्मान गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी ५० हजार रूपैयाँसहितको विन्ध्यवासिनी संगीतसाधना सम्मान संगीतकार भुपेन्द्र रायमाझीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यस वर्षको प्रेमध्वज संगीत रत्न सम्मान गायक रूपक डोटेललाई प्रदान गरिने भएको छ । त्यस्तै झलकमान लोकसंगीत सम्मान लोकप्रिय गायक राजु परियारलाई प्रदान गरिने भएको छ भने विन्ध्यावसिनी कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई प्रदान गर्ने फाउण्डेशनले निर्णय गरेको छ ।
यी तीनवटै पुरस्कारको राशि २५/२५ हजार रूपैयाँ छ । आगामी चैत १ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने विन्ध्यवासिनी म्युजिक अवार्डको १४औं संस्करणमा यो सम्मान प्रदान गरिने फाउण्डेशनका अध्यक्ष लिना शर्मा रेमग्मीले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच