काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा रुरुक्षेत्र पीठाधीश स्वामी जगदीश प्रपन्नचार्यको प्रमुख आतिथ्यमा अन्वेषक श्री कृष्णबहादुर कुँवरद्वारा रचित ‘पुराणमा के छ ?’ नामक कृति एक समारोहबीच लोकार्पण गरियो । सोही कृति नेपालका विभिन्न पाँच ठाउँमा एकै साथ लोकार्पण भएको थियो । कृतिलोकार्पणपश्चात् प्रमुख अतिथि स्वामी जगदीश प्रपन्नाचार्यले हाम्रा पौरस्त्य ग्रन्थहरूको मूलआधार वेद हो । भगवान्को श्वासबाट निसृत वेद नै विश्वज्ञान हो र विज्ञानको स्रोत हो भन्नुभयो ।
सो अवसरमा वाल्मीकि क्याम्पसका प्रमुख प्राडा.भागवत ढकाल र के एण्ड के इन्टरनेसनल कलेजकी अध्यापक शारदा भण्डारीले कृतिको महत्वमाथि प्रकाश पार्दै यस प्रकारका कृतिहरू प्रकाशनमा आइरहनुपर्ने, यस्ता ग्रन्थहरूले समाजमा मानवीय अनुशासन र नैतिकताको स्थापना हुने कुरा उल्लेख गर्नुभयो भने पौरस्त्य ग्रन्थमाथि पश्चिमाद्वारा भइरहेको प्रहार र भ्रामक प्रचारबाट जोगिन पनि आहृवान गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कृतिकार श्री कृष्णबहादुर कुँवरले कृति लेख्नुको पृष्ठभूमि र कृतिको प्रयोजन बताउनुभयो भने डा.रामप्रसाद दाहाल, कमलप्रसाद ज्ञवाली र सेलेस्का शर्माले शुभकामना स्वरूप केही शब्द बोल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच