हर्क गदालको स्वरमा ‘मेरो कालीको’ सार्वजनिक

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका लोकगायक हर्क गदाल र गायिका शान्तिश्री परियारको स्वरमा रहेकाे गीत ‘मेरो कालीको' काे भिडियो सार्वजनिक भएको छ ।

गीतकाे भिडियो सोमबार साँझ गायक गदालको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

साइनो कला केन्द्रको आयोजनामा केन्द्रको कार्यालय दिक्तेलबजारमा गीत र म्युजिक भिडियोको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईले युट्युव च्यानलको क्लिक बटम थिचेर सार्वजनिक गर्नुभएको हो ।

गीतलाई गायक स्वंयमले रचना गरेर संगीत भरेका हुन् । गीतको म्युजिक भिडियो खोटाङको खाल्ले, मझुवागढी र शुभद्रा-मदन फाउन्डेसनमा छायांकन गरिएको थियो ।

खोटाङकै ज्ञानेन्द्र कमेडियनको निर्देशन, अन्योल राईको कोरियोग्राफी तथा पदम बर्मशाखा र सुमन विकले छायांकन गरेको म्युजिक भिडियोमा गायक गदालसहित पर्शु गजमेर, सारा बिक, राजेश तामाङ, प्रमिला रम्तेल, सुजता रिजाल, केदार अनुरागी, नुरकाजी सैंजु, दुर्ग रसाइली, पदम हिङमाङ, पुर्ण परियारलगायतले अभिनय गरेका छन् ।

माया प्रीति लाउनु, पन्चेबाजालगायत गीतहरु गायक गदालको हिट गीतमा पर्छन् । आफ्नै गाउँठाउँमा म्युजिक छायांकन गरेर स्थानीय गाउँठाउँलाई विश्वसामू प्रचारप्रसार गर्नमा सहयोग गरिएको गायक गदालले बताउनुभयो ।

खोटाङका अन्य गायक, नायकहरुलाई पनि आफ्नै गाउँठाउँमा म्युजिक भिडियो तथा फिल्म खिच्न उहाँले सुझाव दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?