
काठमाडौं । भ्याली पब्लिक स्कुलको आयोजनामा हुने १६औँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ७५ टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा विभिन्न तीन विधामा ७५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले जानकारी गराउनुभयो । सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा २४ र जुनियर ब्वाइजमा ३१ टिमले भाग लिनेछन् ।
यो संस्करणदेखि विजेता र उपविजेता टिमलाई नगद पुरस्कार पनि प्रदान गरिने भएको छ । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने भ्याली पब्लिकका प्रशासन विभाग प्रमुख महेश अधिकारीले बताउनुभयो । माघ २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू भंगालस्थित आयोजकको कोर्टमा खेलाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच