
रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताउनु भएको छ। रुपन्देहीको देवदह-१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुनत र निर्दिष्ट आमनागरिकको सेवा, अपराध अनुसन्धान, शान्ति सुरक्षा र विकासको सवालमा प्रहरीको सक्रियतामा आमनागरिकको सहयोगको आधारले विकास निर्भर रहने बताउनु भएको हो ।
प्रहरीले सेवा प्रभावित गर्दा समुदायसँगको सहकार्य समुदायप्रतिको विश्वास र प्रगाढपन पछिल्लो पटक देखिएको आमनागरिक प्रति देखिदै गएको नैरास्यापन, नकारात्मक सोचलाई अझ कम कसरी गर्न सकिन्छ भन्ने तिर यहाँको प्रहरी लक्षित हुन जरुरी रहेको बताउनु भयो ।
स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगती सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने उहाँको भनाई थियो ।
नेपाल प्रहरी प्रधान कार्यालयले १० महिना अगाडि अस्थायी प्रहरी पोस्टको रुपमा स्वीकृत भई गरी बैशाख १९ गतेबाट भाडाको घरमा बसोबास गरी सेवा प्रवाह गर्दै आएको थियो । खैरेनी र धकधई करिब २० किलोमिटरको दुरीमा प्रहरी युनिट नभएकोले सुरक्षा युनिट आवश्यकताको महसुस गरी देवदह नगरपालिकाको नियमित बजेट १८ लाख र स्थानीय जनसमुदायको सहयोगमा आफ्नै ५ कोठे भवनसहितको अस्थायी प्रहरी पोस्ट उद्घाटन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले बताउनुभयो ।
रुपन्देही प्रहरीले यसै बर्षमा रुपन्देहीका तीन ठाँउमा प्रहरी युनिट स्थापना गरेको छ । जिल्लाको सियारी गाउँपालिकाअन्तर्गत छपिया, सैनामैना नगरपालिकाअन्तर्गत रामापुरमा र देवदह नगरपालिकाको ढेकावरमा प्रहरी चौकीहरु स्थापना गरेसँगै रुपन्देहीमा नेपाल प्रहरीका ८४ वटा युनिट भएका छन् । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माको अध्यक्षता प्रहरी निरिक्षक दिपेन्द्र बानियाको संचालनमा भएको कार्यक्रममा देवदह नगरपालिकाकी उप-प्रमुख विद्यालक्ष्मी गुरुङ्ग, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुंवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले बोल्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच