जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुने भएपछि तयारीमा जुटेको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिनुभयो । जुम्लामा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता यहीँ फागुन १५ गते सुरु भएर १९ गते सम्पन्न हुने छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको एन्फा जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले बताउनुभयो । प्रतियोगिताबाट २०८१ सालमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरको टिम छनोट हुने छ।
फागुन २४-३० गतेसम्म बागमती प्रदेशको आयोजनामा हुने पुरुष फुटबल प्रतियोगितामासमेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने छ।प्रतियोगितामा प्रदेशका १० जिल्लाका खेलाडी सहभागी रहने आयोजकले जनाएको छ । जिल्ला फुटबल संघ जुम्लाले एक सूचना जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको छ ।
फागुन ११ गते बेलुका ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ। टिम दर्ताका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटरप्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावलीसहितको पत्र संघको इमेलमा पठाउनुपर्ने महासचिव हमालको भनाइ छ। जिल्लामा फागुन १०-१४ गतेसम्म प्रदेशस्तरीय रेफ्री तालिम पनि हुने भएको छ।
कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिमसमेत आयोजना गरिएको संघका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिनुभयो । तालिमका लागि प्रत्येक जिल्लाबाट तीनजनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति वा फुटबल संघले सिफारिस गरी फागुन ६ गतेसम्म पत्र पठाइसक्नुपर्ने फुटबल संघ जुम्लाले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच