काठमाडौं । सिनेमाघरमा आउने मिति नजिकिँदै गएको ऐतिहासिक अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को धरानमा प्रिमियर हुनेभएको छ । ११ फागुनबाट सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको त्यसअघि ५ फागुनमा धरानमा प्रिमियर गर्न लागिएको हो । प्रिमियर आयोजक समितिले धरानको अहिलेसम्मकै विशिष्ट प्रिमियरको रूपमा ‘गोर्खा वारियर’को ऐतिहासिक प्रिमियर गर्न लागेको जनाएको छ ।
धरानको प्रिमियरबारे यो चलचित्रका निर्देशक मिलन चाम्सका अनुसार सो प्रिमियरमा ब्रिटिश गोर्खा आर्मीसँगै नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारी, विभिन्न सरकारी निकायका उच्च पदाधिकारी, स्थानीय सरकारका प्रमुख एवं त्यहाँका विशिष्ट व्यक्तित्व सहभागी हुनेछन् ।
यसअघि गोर्खा वारियरको बेलायतमा ऐतिहासिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको थियो । हलिउड चलचित्रको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लण्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तर्राष्ट्रिय ऐतिहासिक प्रिमियर गरिएको थियो ।
यो चलचित्रको गतसाता ट्रेलर सार्वजनिक गरिएको थियो जसले प्रशंसा बटुलिरहेको छ । यो चलचित्र हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आटस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा त्यत्तिकै बढेको थियो । गोर्खा वारियर नेपाली, हिन्दी, अंग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अंग्रेजी सँस्करणको निर्माण अन्तिम अवस्थामा पुगेको छ ।
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ । यही चलचित्रबाट नायकमा डेब्यु गर्नुभएका रितेस चाम्स आफैं ब्रिटिश गोर्खा आर्मीसँगै पाइलट पनि हुनुहुन्छ ।
चलचित्र लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा हुनुहुन्छ । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहनुभएको छ । चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेख्नुभएको हो भने एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी र राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच