संघीयता र धर्म निरपेक्षतासम्बन्धि सबै कानूनहरु छिटो निर्माण गरौँः ओनसरी घर्ती

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संघीयतासम्बन्धि कानून छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने काम भएकाले पनि संविधानमा व्यवस्था गरिएअनुसार यससम्बन्धि तत्काल कानून निर्माण गरी कार्यान्वयनमा जान ढिलाई गर्न नहुने उहाँको तर्क थियो । मंगलवार काठमाडौंमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै पूर्वसभामुख घर्तीले संसदमा वर्तमान शासन व्यवस्थाबारे राजनीतिक दलहरुले घनिभुत छलफल गर्नुपर्ने आवश्यकता समेत औंल्याउनु भयो । जनता र जनप्रतिनिधिहरुबीचको ग्यापको कारण पनि संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउनेहरुलाई बल पुगेकाले संसदमा त्यस्ता भ्रम चिर्ने गरी छलफल गर्नुपर्ने उहाँले बताउनु भयो ।

पूर्वसभामुख घर्तीले भन्नुभयो, ‘हामीले चाँडो भन्दा चाँडो संघीयताको संविधानमा जे व्यवस्था गरिएको छ । त्यो व्यवस्थालाई कार्यान्वयन गरौं । यो हदसम्म आउँदाखेरी पनि हामीले अहिले निजामती ऐन, प्रहरी ऐन एवं प्रकारले धर्म निरपेक्षतासम्बन्धि पनि भयकर प्रश्न उठेको छ । यसमा पनि हामीले ठोस कानूनी व्यवस्था गरेका छैनौं । यस्ता कानूनी व्यवस्थाहरु चाहीँ चाँडो भन्दा चाँडो गर्नु पर्छ । छिटो भन्दा छिटो गर्नुपर्छ । र यसलाई कार्यान्वयन गर्नको निम्ति संसदबाट हामीले लिने पहलकदमी वा संसदलाई हामी कसरी सर्वेसर्वा पनि भनि ठान्छौं । म पूर्व सभामुखको हैसियतले पनि संसद चाहीँ हामीले बढिभन्दा बढी नीति निर्माण गर्ने तह भएकाले यसलाई हामीले प्राथमिकता दिनुपर्छ कि । किनभने त्यहाँ जे बहस हुन्छ । जो प्रतिनिधिहरु हुन्छन् । त्यो प्रत्यक्ष जनताबाट निर्वाचित प्रतिनिधिहरु हुन्छन् । गणतन्त्रवादी हामी सम्पूर्ण राजनीतिक दलहरुले मिलेर गणतन्त्रको घोषणा गर्दैगर्दा जनताले गर्ने शासनको परिकल्पना गरेका हौ नि । कुनै एक व्यक्ति वा केन्द्रित शासन प्रणालीको बिरुद्धमा संघीयता किन ल्याउने भनेपछि जनताबाट निर्देशित, जनताले आफ्नो शासन आफैँ गर्ने वा जनताले अप्रत्यक्ष शासन संसदबाट गर्ने आफ्नो, आफ्ना प्रतिनिधिहरुबाट गर्ने भन्ने हामीले परिकल्पना गरेका थियौं । त्यसमा कहीँ न कहीँ ग्यापिङ छ । संसदको गतिविधिमा जनता बेखवर हुने वा नागरिकहरु बेखबर हुने । र त्यहाँ के गतिविधि हुन्छ ? ’

पूर्वसभामुख घर्तीले संसदलाई कानून निर्माण गर्ने थलोको रुपमा स्थापित गराउन पनि राजनीति दलहरु लाग्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?