काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका ३ सँगको सहकार्यमा काठमाडौं महानगरपालिका ३ रानीबारीचोकमा जुत्ता मेण्डरका लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ ।
उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेण्डरका लागि आफ्नो पेशा सहज र व्यवस्थित बनाउन महानगरपालिकाअन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेण्डर सर्भिस बुथ निर्माण गरिएको बैंकले जनाएको छ ।
बुथ उद्घाटन गर्दै काठमाडौं महानगरपालिका ३ की वडा सदस्य सीता थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरूलाई व्यवस्थित बनाउन बैंकले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । उक्त बुथ रानीबारीस्थित जुत्ता मेण्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच