नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउदै विश्व बैंक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे आज छलफल गरेको हो ।

छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायत विकास साझेदारहरुका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । विकास–निर्माणका परियोजनालाई नयाँ ढङ्गले कार्यान्वन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताउनुभयो ।

“पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा पुनःसंरचना गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम बनाउर्नुपर्छ” उपाध्यक्ष डा। श्रेष्ठले भन्नुभयोे, “यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।”

विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादात्म्य कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?