नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले चार ओभरको खेल सकिदा तीन विकेट गुमाइसकेको छ । नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखसँगै अनिल शाह पनि आउट भएका छन् । कुशल खेलको पहिलो बल नै आउट भएका हुन् ।

ताजा अवस्थामा नेपालले चार ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १४ रन बनाएको छ ।

नेपालले आज विकेटकिपर ब्याटर अनिल शाह र आसिफ शेख दुवैलाई मैदान उत्रारेको छ । किपिङ आसिफले गर्ने छन् । आजको खेलमा देव खनाल, आरिफ शेख, सूर्य तामाङलाई बेञ्चमा राखिएको छ ।

प्रतियोगितमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको शुरुवात गर्दै छन् । नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्बजनिक गरेको थियो ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?