
काठमाडौं । पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहनुभएकी रेखा थापा यतिबेला चलचित्र ‘उपहार’को प्रचार-प्रसारमा जुटनुभएको छ । अमेरिकामै रहेर विभिन्न सञ्चारमाध्यममा उहाँ अन्तर्वार्ता दिइरहनुभएको छ । यो चलचित्र यही २५ फागुनदेखि सिनेमाघरमा आउँदै छ ।
‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको रेखाले बताउनुभएको छ । नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने रेखाले त्यो आरोपलाई ‘उपहार’ ले गलत सावित गर्ने दाबी गर्नुभएको छ । ‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनु हुनेछ’, रेखाले भन्नुभयो । रेखाले ‘उपहार’ मा समाज रूपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताउनुभयो । चलचित्रमा नारीमात्र होइन, पुरुष पनि पीडित छन्न् भन्ने कुरा देखाइएको उहाँको भनाइ छ ।
‘५-१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथाभन्दा ‘उपहार’ को कथा फरक छ । हामीले दर्शकले मन पराउने कथामा फिल्म बनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनावमुक्त भएर ‘उपहार’ हेर्नु हुनेछ’, उहाँले भन्नुभयो ।
ज्ञानेन्द्र देउजा निर्देशित यो चलचित्रमा रेखासँगै पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच