कालीकोट । कालिकोटवासीले गाउँमाथिको आकाशमा हवाईजहाज उडेको देख्न नपाएको ३८ वर्ष भयो । जहाज आउला भनेर बाटो हेर्दाहेर्दै कति बुढा भए त कतिले त्यहाँबाट नभएर काठमाडौंबाट जहाज नै चढेर देशै छाडेर विदेशिए । तर करिब चार दशकयता कालीकोटको आकाशमा कुनै जहाज उडेको छैन् ।
कालीकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थलको निर्माण वि।सं २०४२ सालमा सुरु भएको हो । ३८ वर्ष लगाएर विमानस्थल त बन्यो तर धावनमार्गमा अहिलेसम्म कुनै पनि हवाईजहाज उत्रिएको छैन् ।
सडक सञ्जाल पनि अति विकट रहेको कालीकोटका बासिन्दा विमानस्थलमा उडानसमेत सुरु नभएपछि बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यतामा अझै छन् ।
उक्त विमानस्थल निर्माणका क्रममा ३६ जना कामदारको एउटै चिहान बनेको थियो । विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोपमा सेनाले आक्रमण गरेको थियो । सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाए । उनीहरू सबैको चिहानमाथि यो विमानस्थल बनेको छ ।
भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाई सेवा एकमात्र भरपर्दो विकल्प हो । तर हवाई उडान सुरु नहुँदा स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसके पनि नियमित उडान भने हालसम्म हुन सकेको छैन् ।
झन्डै ३८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सुनथराली विमानस्थलको २०७९ साल माघ ११ गते निर्माण कार्य सकियो । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री सांसद महेन्द्रबहादुर शाही, हिक्मतबहादुर बिष्टलगायतको छलफल भएर गत वैशाख १ गते पहिलो उडान गर्ने भनेर प्रचार समेत भयो ।
मानिसले जहाज र जहाजमा आउने मान्छेहरूलाई लगाउन माला समेत उने । तर निर्माण सम्पन्न भएको १ वर्ष बितिसक्दा पनी जहाज भने आएन । त्यसपछि गत भदौ १३ गते कालीकोट विमानस्थलमा उडान हुने भनेर व्यापक प्रचार गरियो । त्यतिबेला पर्यटनमन्त्री सुदन किराँतीले परीक्षण उडान असोज १३ गतेका लागि सारिएको जानकारी दिनुभयो ।
पर्यटनमन्त्रीले भदौ १३ गतेको परीक्षण उडानको कार्यक्रम राखेपछि सबै तयारी समेत गरियो । फेरी स्थगित गरी असोज १३ गते उडान हुने भनेपछि दुःखभित्र पनि खुसी हुन बाध्य भएका यहाँका नागरिक १३ गते बिहानदेखि दिनभर आकाशमा जहाज आउँछ कि भनेर हेरिरहेँ तर जहाज आएन । स्थानीय अहिले पनी निराशामा छन् ।’ विमानस्थल बनेको वर्ष दिन बित्दा पनी एक पटक जहाज नदेखेपछि थप निराशा छाएको छ ।
‘कर्णाली आफैंमा विकट छ । यहाँको गरीबी अशिक्षा, बेरोजगारी र विकासका पूर्वाधारको अभावमा गुज्रिरहेको छ । युवा समाजसेवी हिक्मतजंङ मल्ल भन्नुहुन्छ, ‘पटकपटक राज्यका जिम्मेवार निकाय र व्यक्तिहरूले ढाँट्नु र विमानस्थल निर्माण सम्पन्न भएको वर्षदिन सम्म पनि जहाज नआउनुले पीडाबोँध भएको छ । अब त जहाज आउँछ कि आउँदैन भन्ने कुराको टुंगो पनि छैन् । ुराजनीतिक खिचातानीले जहाज उडानमा समस्या थपेको उहाँको बुझाई छ ।
निर्वाचन अघि १ वर्षभित्रै सुनथरालीमा जहाज उडाउने प्रतिबद्धता जनाएका प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही अहिले बेखबर छन् । कहिलेकाही विमानस्थलको बारेमा बोलेपनि कालीकोटका नागरिकको हैसियत विमानस्थल चढ्ने नभएको उहाँको तर्क छ । सुरुमा कर्णाली राजमार्गको स्तरोन्नति र ग्रामीण सडक मर्मत भएपछि विमानस्थल नियमित सञ्चालनमा ल्याउने शाहीको जोड छ ।
विमानस्थलमा परीक्षण उडान गर्ने मिति पटकपटक तय भएपनि परिक्षण उडानको साइत अझैसम्म मिलेको छैन् । कालीकोटको प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेश सांसद हिक्मतबहादुर बिष्टले सुनथरालीमा पटकपटक जहाज आउँछ भन्ने हल्लामात्रै आफूले पनि सुन्ने गरेको तर जहाज नउडेको बताउनुभयो । सरकारबाटै जनतालाई भ्रममा पार्ने काम मात्र भएको र आफू पनि भ्रममै रहेको उहाँ बताउनुहन्छ ।
२०७३ सालमा कर्णालीकै नेता जीवनबहादुर शाही पर्यटनमन्त्री भएको बेला २०७३ साल माघ २९ गते पहिलो पटक कालीकोट विमानस्थलमा परीक्षण उडान गरिसकिएको छ ।
यता नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टका अनुसार विमानस्थल उद्घाटन मात्रै नभई यसको नियमित उडान कसरी गर्ने भन्नेमा आफू लागि परेको बताउनुभएको छ । जसका लागि सरकारले तत्काल नियमित उडानको व्यवस्था गरी कालीकोटबासीको जहाज चढ्ने सपना पूरा गर्नुपर्छ । पटकपटक उडान गर्ने भनेर हल्ला गर्ने र नगर्ने गर्दा यहाँका नागरिक सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति आक्रोशित बन्ने गरेको उहाँको ठम्याइ छ’ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच