
काठमाडौं । ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसिसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ । एसियाली क्रिकेट परिषद् (एसिसी) ले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार समूह ‘ए’ मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी रहेका छन् । समूह ‘बी’ मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।
अप्रिल १२ देखि २१ सम्म चल्ने टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसिया र दोस्रो खेल कतारसँग खेल्नेछ । तेस्रो खेल हङकङसँग खेलेपछि समूहको अन्तिम खेल १७ अप्रिलमा साउदीसँग हुनेछ । दुवै सेमिफाइनल १९ अप्रिलमा हुनेछ । फाइनल खेल २१ अप्रिलमा रहेको छ । २२ अप्रिल रिजर्भ डे पनि राखिएको छ । प्रतियोगिताको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच