
काठमाडौं । यही फागुन २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा अभिनेत्री रेखा थापाको जोडीका रूपमा मुकुन भुसाल हुनुहुन्छ । गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ । फरक-फरक लोकेसनमा छायांकन गरिएको भिडियो आकर्षक छ ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा.लि.को ब्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्यायलगायत कलाकारको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुनुहुन्छ । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र ऋच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्देछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच