नयाँदिल्ली। भारतको लोकसभा चुनाव अघि एउटा ठूलो जानकारी बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (बीजेपी)ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ ।
जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्छ, जहाँ अभिनेता अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै सिटबाट टिकट दिन सक्ने जनाइएको छ ।
यसैगरी, जपाले पूर्व सांसद तथा चलचित्र अभिनेत्री जया प्रदालाई दक्षिण भारतको कुनै पनि सिटबाट चुनाव लड्न सक्ने जानकारी आएको छ । सेलिब्रेटी उम्मेदवारका बारेमा भाजपाले प्रारम्भिक छलफल गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय जनता पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठक बिहीबार बसेको थियो । सो बैठक पछि भाजपाले आगामी दिनमा लोकसभा चुनावका लागि उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सक्ने अनुमान गरिएको थियो । यो सूचीमा ती उम्मेदवारहरूको नाम समावेश हुनेछ जसको स्थिति बलियो छ। जसमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहलगायतको नाम समावेश रहेको छ।
अब भाजपाले धेरै सेलिब्रेटीहरूलाई टिकट दिएर चुनावी लाभ उठाउने प्रयास गरिरहेको स्रोतबाट जानकारी आएको छ। तर, यी ती सिटहरू हुन्, जहाँ भाजपा बलियो स्थितिमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच