काठमाडौं । नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक भन्ने नाराका साथ नेपाल औषधि उत्पादक संघ (एपोन)ले चितवनको भरतपुरमा फागुन २५ देखि २७ गतेसम्म ‘नवौँ नेपाल फर्मा एक्स्पो-२०२४’ को आयोजना गर्ने भएको छ । नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धनका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्धतिबारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा नेपाली उद्योगको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर, आर्थिक वर्ष २०७९/०८० मा घटेर २९ अर्ब ३६ करोडमात्र कारोबार भएको थियो ।
साधारण नेपाली जनताले औषधि कसरी बन्छ, औषधिको गुणस्तर कस्तो छ भन्ने जान्न र स्वदेशी औषधि उद्योगले अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग कसरी गरेको भन्ने एक्स्पोबाट जानकारी प्राप्त गर्न सक्ने बताइएको छ ।
एक्स्पोको अर्को उद्देश्य भनेको सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चा पदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्छन् भनेर पनि जानकारी गराउनु रहेको आयोजकले जनाएको छ । विश्वस्तरीय मान्यताप्राप्त विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डमै नेपालका औषधि उत्पादन र प्रयोग भएको जानकारी दिनु पनि एक्स्पोको अर्को पाटो रहेको छ । औषधि उद्योगीहरू कोरोनालगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र सरकारले उद्योगीका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै गएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा नेपाली उद्योगीको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर, आर्थिक वर्ष २०७९/०८० मा २९ अर्ब ३६ करोडमात्र कारोबार गर्न पुगेको छ । सरकारले स्वदेशी उद्योगले उत्पादन गरेका औषधि खरिद गर्न छुट्टै मापदण्ड नबनाइदिने हो भने आगामी दिनमा अझै घट्दै जाने संघको भनाइ छ ।
सरकारीस्तरबाट खरिद गर्ने औषधि १० स्वदेशी उद्योगले उत्पादन गरेको छ भने त्यस्तो उत्पादन स्वदेशी उद्योगका उत्पादनमात्रै खरिद गर्ने नीति बनाउन पनि संघले माग गरेको छ । एक्स्पोमा एक सय ६० स्टल रहने र नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ र नेपाली औषधिका स्टल रहने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच