काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ।
पहिलो खेल नेपालले आइतबार हङकङसँग उसकै मैदानमा खेल्न लागेको हो। यो सिरिज बुधबारसम्म चल्नेछ। यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्।
नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि टी(२० सिरिज आइतबारदेखि खेल्न लागेको हो।
सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।
क्यानले यो सिरिजमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिएको छ।
त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय सिरिज अघि शनिबार घरेलु टोली हङकङसँग खेलेको फ्रेन्डसिप कपमा नेपाल पराजित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच