काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ । पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो दिएका हुन् ।
नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।
त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार ११ः४५ बजेदेखि शुरु हुने छ ।
यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल बर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए ।
अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ । मार्च १३ मा त्रिकोणात्मक टी(२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच