आईसीसी अध्यक्ष ग्रेग नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्क मार्च १८ मा नेपाल भ्रमणमा आउनु हुने भएको छ । उहाँ मार्च २१ सम्म नेपालमा रहने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा बार्कले त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा औपचारिक भ्रमण गर्नुहुने छ।

उहाँले क्रिकेट समर्थन, कोषका अवसरहरू र राष्ट्रिय खेलकुद नीतिहरूमा एकीकरणको बारेमा छलफल गर्न प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलगायत प्रमुख व्यक्तिहरूसँग आधिकारिक बैठक गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

बार्कको भ्रमणले आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्न सहयोग पुग्ने क्यानले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

उहाँले नेपाल भ्रमण बारे उत्साहित भएको समेत बताउनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?