
काठमाडौं । हरिवंश आचार्यको स्वर रहेको गीत ‘मुटु फस्या छ’ सार्वजनिक भएको छ । आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीले आचार्यलाई स्वरमा साथ दिनुभएको छ । गम्भीर विष्टले निर्देशन गर्नुभएको गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अञ्जली अधिकारीको अभिनय छ ।
गीतमार्फत् आचार्यले ‘काम देऊ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोज्नुभएको छ । ‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ ।’ श्यामश्वेत रसाइलीको एरेञ्ज रहेकोे गीतको भिडियोमा भूपेन्द्र अधिकारीको सम्पादन, दिवस गिरीको कोरियोग्राफी र नवराज उप्रेतीको छायांकन रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच