जीप दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका-५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिनुभयो ।

सडकदेखि करिब २०० मिटर तल खोँचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाट दुई जनाको शव फेला परेको उहाँले बताउनुभयो । “हिजो राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भिरमा अड्किएको अवस्थामा फेला परेको हो,”, उहाँले भन्नुभयो ।

प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव सङ्कलन, पहिचान र अनुसन्धान थालेको बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?