
वेष्ट पानीले पानीको दिगो व्यवस्थापनमा जोड दिँदै आएको छ । खासगरी आकाशे पानी संकलन प्रविधिमार्फत पानी व्यवस्थापनका लागि निजीदेखि सरकारी भवन, अस्पताल, स्कुल, कलेज, होटलहरूमा आकाशे पानी संकलन प्रविधि जडान गर्दै आएको छ । पछिल्लो समय यस प्रविधिप्रति आकर्षण बढ्दै गएको अभियान्ता गोकुल दंगाल बताउँनुहुन्छ । प्रस्तुत छ, रेनवाटर प्रविधिबारे वेष्ट पानी चिफ टेक्निकल अफिसर गोकुल दंगालसँग हिमाल टाइम्सले गरेको कुराकानी:-
वेष्ट पानीले के गर्छ ?
वेष्ट पानी २०१५ सालमै स्थापना भएको हो तर हामीले पानीको क्षेत्रमा त्यसअघिदेखि नै काम गर्दै आएका थियौं । त्यसअघि हामीले विभिन्न नाममा काम गर्दै आएका थियौं । नेपालमात्रै नभई विदेशमा समेत गएर काम गर्ने लक्ष्यका साथ हामीले संस्थाको नाम पनि त्यस्तै राखेका हौं । खासगरी हामी सस्टेनेवल वाटर म्यानेजमेन्टमा जोड दिने गरेका छांै । जसमा एक पटक लगानी गरेपछि पानीका लागि पटक–पटक खर्च गर्नु पर्दैन । आकाशे पानी संकलन, व्यवस्थापन नै वेष्ट पानीको मुख्य काम हो । आकाशे पानीलाई खानयोग्य बनाउने, बढी भएको पानीलाई ढलमा नपठाई जमिनमुनि रिचार्ज गर्ने, जमिनभित्रको पानी अथवा सिटी लाइनको पानीलाई कुनै पनि केमिकल र विद्युत् प्रयोग नगरी पूर्णरूपमा अर्गानिकरण गरेर खानयोग्य बनाउने काम गर्छौं । त्यसैगरी वेष्ट वाटरलाई ट्रिटमेन्टमार्फत पुनः प्रयोगमा पनि काम गर्छौं ।
कुन–कुन क्षेत्रमा काम गर्नुभएको छ ?
अहिले तीनवटा क्षेत्रमा काम गरिरहेका छौं । शहरी क्षेत्र, ग्रामीण क्षेत्र र दुर्गम क्षेत्रमा गएर काम गर्छौं । वेष्ट पानीले मानव जगतका लागि आवश्यकता अनुसार काम गर्छ । पिउने पानीदेखि सिँचाइ, विल्ड लाइफ क्षेत्रका लागि समेत काम गर्छ ।
हालसम्म वेष्ट पानीको प्रविधि कतिले प्रयोग गरेका छन् ?
सुरुमा धेरै गाह्रो भयो । मैले यस क्षेत्रमा लागेको सन् २००६ देखि नै हो । त्यतिबेला रेन वाटर हार्भेष्टिङको कुरा गर्दा कसैले विश्वास गर्ने अवस्था थिएन । सित्तैमा आएको आकाशे पानीका लागि किन खर्च गर्ने भन्ने सोच थियो । आकाशे पानीमा कीरा पर्छ, दूषित हुन्छ भन्ने सोचाइ थियो । सुरुमा हामीलाई काम पाउने धेरै गाह्रो भयो । यत्रो दुःख पढेर आइयो, काम गर्न खोज्यो काम नपाउँदा धेरै दुःख लाग्यो । तर पनि हामीले हिम्मत हारेनौ । विस्तारै रेन वाटर हार्भेष्टिङका बारेमा कुरा बुझाउँदै ग¥यौ, सोही क्रममा एक–दुईवटा घरमा काम पनि सुरु ग¥यौ । त्यसपछि भने यसको प्रभावकारिता देखेर अन्य घरबाट पनि काम आउन थाल्यो । जसले यस्तो प्रविधि राखेको छ, उनीहरूले नै यसबारेमा अरूलाई सुनाउन थालेपछि माग बढ्दै गयो । अहिले त यो प्रविधिका लागि हामीलाई भ्याइनभ्याइ छ । ग्राहकले अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ । आजको भोली काम गर्न सक्ने अवस्था छैन । हाम्रो प्रविधि राम्रो भएका कारण यस्तो भएको हो । वाटर प्युरिफिकेशनतर्फ एक सेकेण्डमा २७ जनाले उपयोग गर्न सक्ने बनाइसकेका छौं भने रेनवाटरतर्फ त हजारौं ठाउँमा गरिसकेका छौं । अस्पताल, स्कुल, कलेज, हाउजिङ, निजी घरहरू सबैतिर काम गरेका छौं । झुपडीदेखि महलसम्म रेनवाटर प्रविधिहरू जडान भइसकेका छन् ।
रेनवाटर हार्भेष्टिङ प्रविधि अलि ठूलो क्षेत्रफल भएका घर तथा भवनहरूमा मात्रै जडान गर्न सकिने, स–साना घरहरूमा हुँदैन भन्छन् नि ?
त्यस्तो होइन, जस्तो घरमा पनि गर्न सकिन्छ । रेनवाटर प्रविधि पराल, छुवाली, घाँस, खरको छाना भएको घरबाहेक सबैमा गर्न सकिन्छ । त्यस्तो छानाबाट कलर आउने भएकाले त्यस्तो कलरयुक्त पानी ट्रिटमेन्ट गर्न सहज हुँदैन । विगतमा प्रयोग हुने गरेका पुरानो प्रविधिका जस्ताका छानाबाट पनि कलर आउने, लिडका चिप्सहरू आउने भएकाले पानी ट्रिटमेन्ट गर्न गाह्रो हुन्छ । विगतमा सिमेन्ट र लिड मिक्स भएका जस्ता प्रयोग हुन्थ्यो । तर अहिले नयाँ प्रविधिका जस्तापाता बजारमा आइसकेका छन् ।
यस्तो प्रविधिका संकलित पानी कति महिनासम्म प्रयोग गर्न सकिन्छ ?
रेन वाटर प्रविधिमा सबैले गर्ने यो साझा प्रश्न हो । तर रेनवाटर लामो समयसम्म उपयोग गर्न सकिन्छ । फिल्टर गरेर राखेको पानी १५ महिनासम्म पनि बिग्रिएको छैन । आकाशे पानी उपयोग गर्ने धेरै ग्राहकले स्वास्थ्य पनि राम्रो हुँदै गएको बताउने गरेका छन् । कतिपय ग्राहकले विगतमा अस्पताल धाइरहनुपर्नेमा आकाशे पानीको उपयोगपछि त्यस्तो समस्या नरहेको अनुभव सुनाएका छन् ।
काठमाडौंलाई ३५ करोड लिटर पानी आवश्यक रहेको बताइन्छ । रेन वाटर प्रविधिबाट कति पानी आपूर्ति गर्न सकिन्छ ?
हामीले बनाएका रेन वाटर प्रविधिका ग्राहकले हामीलाई सोध्ने गर्नुहुन्छ कि वितरण प्रणालीबाट मेलम्चीको पानी लिउँ कि के गरौं, हामीलाई रेन वाटरकै पानीले पुगिरहेको छ भन्नुहुन्छ । ग्राहकको भनाइ अनुसार पनि आकाशे पानी जति पनि आपूर्ति गर्न सकिने देखिएको छ ।
समस्याहरू चाहिँ के छन् ?
यसमा केही नीतिगत समस्या छन् । रेनवाटर, रिचार्जका लागि कानुन बन्नुप¥यो, यसलाई बाध्यकारी बनाउनुप¥यो । स्थानीय तहहरूले पनि रेनवाटर र रिचार्ज प्रविधिमार्फत पानी व्यवस्थापन गर्नसक्ने अवस्था छ । यसबारेमा स्थानीय तह र वडाहरूले स्थानीयवासीका लागि कति पानी चाहिन्छ । स्रोतहरू के–के हुनसक्छन् ? कसरी पानीको दिगो व्यवस्थापन गर्ने भन्ने बारेमा अध्ययन गर्ने, तथ्यांक संकलन गर्ने, रेन वाटर हार्भेष्टिङ गर्ने वडावासीलाई राज्यले दिने सेवासुविधामा विभिन्न सहुलियतको व्यवस्था पनि गर्न सकिन्छ । पानीको खोजीमा अन्यत्र भौतारिने होइन, ट्यांकर, जारको पानी कति दिनसम्म किनेर खाइरने ? आफैं व्यवस्थापन गर्न गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच