
काठमाडौं । नेपालमा धार्मिक अनास्था फैलाउन अमेरिकाले करोडौँ रुपैयाँ खर्च गरेको एक अमेरिकी सांसदले दाबी गरेका छन् । अमेरिकी सेनाका पूर्व भेटरान तथा फ्लोरिडाको प्रतिनिधित्व गर्ने सांसद ब्रिआन म्यास्टले सार्वजनिक रूपमा नेपालमा धार्मिक अनास्था फैलाउन अमेरिकाले पाँच लाख अमेरिकी डलर अर्थात् साढे ६ करोड बढी रुपैयाँ खर्च गरेको दाबी गर्नुभएको हो ।
नेपालमा सनातन धर्मप्रति अनास्था फैलाउन यत्रो रकम खर्च भएको दाबी उहाँले अमेरिकाको संसद्मै गर्नुभएको हो । ‘अमेरिकी करदाताको पाँच लाख डलर नेपालमा धार्मिक अनास्था फैलाउन किन खर्च गरियो ? के यो पैसाको सही प्रयोग हो ?,’ अमेरिकी संसद्मा बाइडेन प्रशासनलाई प्रश्न गर्दै उहाँले भन्नुभएको छ ।
सांसद ब्रिआन म्यास्टले यो प्रश्न सांसद ब्रायन म्यास्टले अमेरिकी सरकारका व्यवस्थापन तथा स्रोतसाधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल बर्मालाई सोध्नुभएको हो । बर्माले भने त्यस्तो रकम खर्च नभएको भन्दै बचाउ गर्नुभएको छ । सांसद ब्रिआनले भने बाइडेन प्रशासनले झुठो उत्तर दिएको दाबी गर्नुभएको छ ।
नेपालमा धर्म परिवर्तन, हिन्दू तथा बौद्ध धर्मप्रति अनास्था फैलाउने क्रियाकलाप र इसाई धर्म प्रचारमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायतबाट बर्सेनि ठूलो रकम खर्च हुँदै आएको आरोप लामो समयदेखि लाग्दै आएको छ । नेपालमा धार्मिक अनास्था फैलाउन, धर्म परिवर्तन र प्रचारमा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू तथा अन्य निकाय सञ्चालनमा छन् । संस्थालाई धर्म परिवर्तनसम्बन्धी गतिविधि गरेको आरोप पनि लाग्ने गरेको छ ।
नेपाललाई २०६२/०६३ सालको राजनीतिक आन्दोलनपछि हिन्दूसापेक्ष धर्म विस्थापित गरी धर्म निरपेक्षता कायम गरिएको थियो । त्यसपछि देशमा अनेक प्रकारका डर, त्रास वा प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने होड नै चलेको हिन्दूवादी अभियन्ताहरू बताउँछन् । खासगरी विपन्न समुदायमा विभिन्न प्रलोभन देखाएर रातारात धर्म परिवर्तन गराउने क्रम चल्दै आएको उनीहरूको दाबी छ । छोराछोरी पढाइदिने, उपचार गराइदिने, जागिर लगाइदिने जस्ता प्रलोभन गरिब समुदायमा बिक्ने नै भयो । अहिले यही कारण पनि सनातनी धर्मविरुद्ध लाग्ने क्रम दिनानुदिन बढ्दो छ ।
छानविन गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालमा सनातन हिन्दू र बौद्ध धर्मप्रति अनास्था फैलाउन अमेरिकाले करोडौँ खर्च गरेको भन्ने विषयमा अनुसन्धान थाल्न सरकारसँग माग गरेको छ । अमेरिकाले नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरेको तथ्य उजागर भएपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले संवेदनशीलतालाई ध्यान दिई उच्च प्राथमिकताका साथ छानविन थाल्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो ।
नेपालमा नास्तिकता फैलाउन र पारम्परिक आस्था कमजोर पार्न विदेशी पैसा नेपालमा कहाँ, कसरी, कुन माध्यमबाट कसले परिचालन गरिरहेको छ ? भन्ने विषयमा आवश्यक छानविन आवश्यक रहेको उहाँको भनाइ छ । ‘नेपालमा सनातन हिन्दू र बौद्ध धर्मप्रति अनास्था फैलाउन लाखौँ डलर खर्च गरिँदै आएको डरलाग्दो खुलासा भएको छ । फ्लोरिडाबाट प्रतिनिधित्व गर्ने सांसद ब्रिआन म्यास्टले अमेरिकी संसद्मै यसको खुलासा गरेका छन्,’ प्रवक्ता श्रेष्ठले भन्नुभएको छ, ‘नास्तिकता फैलाउन र पारम्परिक आस्था कमजोर पार्न विदेशी पैसा नेपालमा कहाँ, कसरी, कुन माध्यमबाट कसले परिचालन गरिरहेको छ ? भन्ने विषयमा आवश्यक छानविन आवश्यक छ ।’
प्रवक्ता श्रेष्ठले सनातन धर्म संस्कृतिविरुद्ध गतिविधि गर्ने व्यक्ति र संस्थाको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । ‘विषयको संवेदनशीलतालाई ध्यान दिई उच्च प्राथमिकताका साथ छानविन थाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उहाँले भन्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच