काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मरले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टी मार्फत गोल गरेका थिए । पाल्मरले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत दुई गोल गरेर जिताएका थिए । त्यस्तै चेल्सीको जितमा पहिलो गोल कोनोर गल्लाघेरले गरेका थिए ।
त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि अलेजान्द्रो गार्नाचोले २ गोल गरेका थिए भने ब्रुनो फेर्नानडेजले एक गोल गरेका थिए ।
यो जितपछि चेल्सीको २९ खेलमा ४३ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३० खेलमा ४८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच