काठमाडौं । व्यावसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारास्थित सिभिल मलमा सञ्चालनमा आएको छ । उद्यमी संजोग कोइरालाले सन् २०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको अड्डा हालसम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, वसन्तपुर, त्रिपुरेश्वर र उपत्यकाबाहिर भरतपुरमा गरी छ ठाउँमा विस्तार भएको छ ।
सिभिल मलमा मनोरम वातावरण(एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइरालाको दाबी छ । विदेशमा युवापुस्तामा देखिने कफी कल्चरमा नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिका रूपमा विकास गर्न चिया अड्डा लागिपरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच