
काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’ शुभमुहूर्त गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच चलचित्रको मुहूर्तसँगै छायांकन सुरु गरिएको हो । विन्ध्यवासिनी क्रियसनको ब्यानरमा मनोजकुमार अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको जेठको पहिलो साताभित्र छायांकन सक्ने लक्ष्य निर्माण युनिटको छ ।
आगामी दशैँमा सिनेमाघरमा ल्याउने योजनासहित चलचित्र निर्माण हुन लागेको हो । निर्माता अधिकारीले यसअघि ‘नौ डाँडापारि’, ‘मगंलसूत्र’ जस्ता चलचित्र निर्माण गर्नुभएको थियो । चलचित्रलाई नवीन भट्टले निर्देशन गर्दै हुनुहुन्छ । भट्टको यो डेब्यु निर्देशन हो । सोसल हरर कमेडिजनरामा निर्माण हुन लागेको चलचित्रका लेखक सन्दीप श्रेष्ठ र निर्देशक भट्ट हुनुहुन्छ ।
चलचित्रमा शंकर सेढाईं, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, सन्दीप श्रेष्ठ, मनोजकुमार अधिकारीलगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । जितु तामाङको छायांकन, पिटर प्रिन्स कार्यकारी निर्माता रहेकोचलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच