काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमबीच प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भर्चुअल क्रेडिट कार्ड सञ्चालनसम्बन्धी सम्झौता गर्नुभएको हो ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भर्चुअल क्रेडिट कार्ड सेवा शुभारम्भ गर्नुभएको थियो । भर्चुअल क्रेडिट कार्डका लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत् योग्य ग्राहकले सिधै आवेदन दिन सक्नेछन् । कुनै कागजी कार्य र भौतिक कार्ड आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकले २० हजार रुपैयाँदेखि दुई लाख ५० हजारसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने बैंकले जनाएको छ ।
भर्चुअल क्रेडिट कार्ड क्युआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिद गर्न प्रयोग गर्न सकिनेछ । बैंकले ग्राहकलाई ४५ दिनभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ ।
भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटलरूपमा सञ्चालित क्रेडिट कार्ड हो । ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत् नै यस्तो कार्ड प्राप्त गर्न तथा कारोबार गर्न सक्ने बंैकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच