
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको जिकिर गर्नुभयो । उहाँले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भएपनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिवद्धताहरु समान रहेको बताउनु भयो ।
उहाँले लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने दाबी गर्नुभयो । उहाँले प्रतिवद्धताहरु, नीतिका निरन्तरताहरु लगानी सम्मेलनमा देख्न सकिने बताउनु भयो । उहाँले सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब राजनीतिक रुपले लगानी सम्मेलन के हुन्छ भन्ने प्रश्न छ । हामी यसलाई कुनै पार्टी, सरकार विशेषको, कुनै गठबन्धन विशेषको नहोस् भनेर हामी यसलाई उद्घाटनदेखि समापनसम्म सबै सेसनमा सबै प्रवृत्तिहरु देखिने गरी काम गर्दैछौँ । त्यहाँ विज्ञ पनि होस्, लगानी कर्ताहरु पनि होउन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपले लेण्डरहरु पनि होउन्, अरु सक्सेस स्टोरीहरु होउन् । जसले सबैलाई प्रेरित गरोस् । त्यसका निम्ति हामी देशभित्र सबै राजनीतिक दलहरुको अनुहार देखियोस् । जसले हामी कहिले सत्ता पक्ष हुन्छाँै, कहिले प्रतिपक्ष हुन्छौँ । कहिले गठबन्धन हुन्छाैँ, कहिले गठबन्धन हुँदैनौँ । तर वैदेशिक लगानी र आन्तरिक लगानीमा हाम्रा प्रतिवद्धताहरु समान छन् । उद्घाटन सत्रदेखि सबैजसो सेसनहरुमा त्यो खाले अतिथिहरु आमन्त्रण गरेका छौँ, समय पनि लिएका छौँ, उहाँहरुको कन्फरमेसन पनि लिएका छौँ । त्यसमा सत्तापक्ष, प्रतिपक्ष, गठबन्धन वा बाहिर भन्ने हुँदैन । अहिलेका राष्ट्रिय दलहरु एक भएको तपाईंहरु देख्नुहुन्छ, मुख्य नेताहरु वक्ताको रुपमा देख्नुहुन्छ । प्रतिवद्धताहरु, नीतिका निरन्तरताहरु देख्नुहुनेछ । यो नेपालको सम्मेलन हो । कुनै सरकारको मात्रै होइन । देशले अपिल गरेको कुरा हो । हामी लगानीको वातावरण बनाउँछौँ । सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन भएको छैन, हुँदैन भन्नेकुरा यसमा झल्काउँछौँ ।’
अर्थमन्त्री पुनले लगानीकर्ताहरुले प्रतिवद्धता व्यवहारमा देखाउने कुरा र नीतिको निरन्तरतामा विशेष जोड दिएको बताउनु भयो । उहाँले नेपालमा रहेका लगानीकर्ताहरुको मनोबल उच्च भयो भने र उत्साहित भए भने मात्रै अरु लगानी कर्ता आउने भएकाले सरकार त्यसमा लागिरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच